• २०८१ बैशाख ११ मंगलबार

बाराका एक सय अपांङ्गता भएकालाई सहायता सामाग्री बितरण

kharibot

बारा । बाराको निजगढ नगरपालिका भित्रका करिब एक सय अपांङ्गता भएका व्यक्तिलाई सोमवार एक कायक्रमको आयोजना सहयोग सामाग्री वितरण गरिएको छ ।

नेत्रहिन संघ बारा र नेपाल अपांङ्ग सेवा संघ निजगढ ईकाईले नगरपालिका भित्रका अपांङ्गता भएका व्यक्तिको सहजताका लागि ह्विलचियर , ट्राईसाईकल , सेतो छडी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो । 

राष्ट्रिय अपांङ्ग पुर्नस्थापना समाज काठमाण्डौंले उपलब्ध गराएको १२ लाख बढी मूल्य बराबरको सामाग्री निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र उपमेयर लिलादेवी लामिछाने खनालले हस्तान्तरण गरेका थिए । 

नगरपालिका भित्र रहेका एक हजार दुई सय अपांङ्गता भएका व्यक्ति मध्ये एक सय जनालाई सामाग्री उपलब्ध गराउँन निजगढ नगरपालिकाले व्यवस्थापकिय सहयोग गरेको थियो । 

सहयोग सामाग्री हस्तान्तरण गर्दै मेयर खनालले अपांङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउँन र समाजमा स्थापित गराउँन नगरपालिकाले योजना बनाईरहेको बताए । नगरपालिका भित्र रहेका अपांङ्गताको पहिचान गर्ने काम भईरहेको भन्दै मेयर खनालले अपांङ्गता भएका व्यक्तिको अवस्था हेरेर त्यसै अनुसारको क्षमता अभिबृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउँने बताए । 

कार्यक्रममा उपमेयर लामिछानेले अपांङ्गता भएका बालबालिकाको शिक्षाका लागि नगरपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघ संस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन् । 

कार्यक्रममा अपांङ्ग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले अपांङ्गता भएका व्यक्तिले अन्य नागरिक सरह नैं बाच्न सक्ने अधिकार रहेको भन्दै उनिहरुको सहजताका लागि संस्थाले सामाग्री उपलब्ध गराएको बताए । नेपाल अपांङ्ग सेवा संघका प्रदेश २ र ३ का सल्लाहकार समिति सदस्य गंगा वाग्लेले अपांङ्गता भएका नागरिकका लागि राज्य अझै गम्भिर हुन् जरुरी रहेको बताए । 

कार्यक्रममा १९ जनालाई ह्विलचियर , आठ जनालाई ट्राईसाईकल , ४० जनालाई सेतो छडि , १२ जनालाई टकिङ्ग वाच , चार जनालाई अल्बो चर्चेज , पाँच जनालाई बैशाखी , चार जनालाई वाकर लगायतको सामाग्री वितरण गरिएको अपांङ्ग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले जानकारी दिएका छन् । कार्यक्रममा राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी मनकेशरी चौधरीलाई नगद पाँच हजार सहिँत सम्मान गरिएको थियो ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै