• २०८१ बैशाख ७ शुक्रबार

जिनेदिन जिदान फेरी रियल म्याड्रिडको प्रशिक्षक 

kharibot

काठमाडौँ । रियल म्याड्रिडले जिनेदिने जिदानलाई फेरी प्रशिक्षकमा नियुक्त गरेको छ ।

रियल म्याड्रिडले जिदानलाई यसै सिजनको सुरुमा क्लब छोडेका जिदानलाई २०२२ जुन सम्मका लागि पुन: प्रशिक्षकमा नियुक्त गरेको हो ।

रियल म्याड्रिडले जोसे मोरिन्होलाई क्लबको प्रशिक्षक बनाउन खोजेको भएपनि प्रमुख खेलाडीहरु नै विरोधमा उत्रिएपछि क्लब पछाडी हटेको बताइएको छ ।

क्लबले एक पछि अर्को असफलता हासिल गरेपछि रियल म्याड्रिडले जिदानलाई फेरी बोलाएको हो । क्लब यस सिजनमा च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिएको छ भने ला लिगामा पनि १२ अंकले पछाडी रहेको छ ।

जिदानले आफुलाई आफ्नो घरमा फेरी फर्किएको जस्तो लागेको बताउदै आफुलाई अन्य धेरै क्लबको अफर आएपनि रियल म्याड्रिडको अफरलाई आफुले स्वीकार गरेको बताए । ४६ बर्षिय जिदान क्लब छोडेको १० महिना पछि फेरी रियल म्याड्रिड फर्किएका हुन् । 

जिदानले रोनाल्डोलाई क्लबले बेच्ने निर्णयबाट असन्तुष्टि जनाएका थिए ।

जिदानले क्लबलाई लगातार तेस्रो बर्ष च्याम्पियन्स लिग जिताएको ५ दिनपछि आफ्नो पदबाट राजीनामा दिएका थिए । 

४६ वर्षीय जिदान सन् २०१६ मा रियलको प्रशिक्षक भएर म्याड्रिड आएका जिदानले २०१६-१७ सिजनको ला लिगा तथा लगातार ३ पल्ट च्याम्पियन्स लिग जिताएका थिए । 

यसअघि जिदानले २०६ खेलमा १३० खेलम जित, ४६ खेल बराबरी र ३० खेलमा हार बेहोरेका छन् । रियलकाल आगी म्यनेजरको रुपमा जिदानले एक ला लिगा, ३ च्याम्पियन्स लिग, २ फिफा विश्वकप र एक युइएए सुपर कप जितेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै