रियलको निशानामा नेइमार र एम्बाप्पे !

खरीबोट

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड अहिले यस सिजनमा पाएको असफलताबाट चर्चामा रहेको छ । विश्वकी उत्कृष्ट क्लब रियलले जिनेदिन जिदानलाई क्लबमा फेरी ल्याएर अर्को सिजनको तयारी सुरु गरेको छ ।

यसै बीच अब जिदान क्लबमा आएपछि रियलले को खेलाडी भित्राउला भन्ने चर्चा शुरु भएको छ ।

जिदानलाई क्लबको नयाँ प्रशिक्षक घोषणा गर्ने कार्यक्रममा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेलाई रियलले ल्याउन प्रयास गर्ने संकेत गरेका छन् ।

पेरेजले आफ्नो सम्बोधनमा मजाक गर्दै जिदान फ्रेन्च भएकाले एम्बाप्पेलाई ल्याउन सजिलो हुन सक्ने बताए । २० बर्षिय एम्बाप्पेले फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा एम्बाप्पेले ४ गोल गरेका थिए भने विश्वकपका उत्कृष्ट युवा खेलाडीको अवार्ड समेत जितेका थिए । एम्बाप्पेले पिएसजीका लागि यस सिजनमा अहिलेसम्म ३३ खेलमा २९ गोल गरेका छन् ।

त्यस्तै रियल म्यदरी को निशानामा ब्राजिलका नेइमार पनि रहेका छन् । नेइमार पिएसजीमा आएदेखि नै उनी खुशी नभएको मिडिया रिपोर्ट आइरहेका छन् । हाल इन्जुरीका कारण टिम बाहिर रहेका नेइमार आउदो सिजनमा रियल म्याड्रिड जाने सम्भावना देखिएको छ । जिदानको आगमनले रियल म्याड्रिडमा नयाँ स्टार खेलाडीको आगमन हुने निश्चित रहेको छ ।

च्याम्पियन्स लिगमा सफलता पाउन नेइमारलाई भित्राएको पिएसजी यस सिजनमा पनि च्याम्पियन्स लिगबाट बाहिरिएपछि नेइमारको पिएसजीमा लामो बसाई नहुने देखिएको छ ।

रियलका अध्यक्षले एम्बाप्पे र नेइमार मध्ये कसलाई ल्याउने भन्ने प्रश्नमा दुवैलाई भन्ने जवाफ दिएर रियलले आफ्नो योजना अगाडी राखेको छ । यसका अलावा रियलको निशानामा चेल्सीबाट खेलिरहेका इडेन हजार्ड समेत रहेका छन् । त्यस्तै जिदानका अगाडी रियलमा राम्रो प्रदर्शन गर्न नसकेका ग्यारेथ बेल, करिम बेन्जामा जस्ता खेलाडीलाई बेच्ने या राख्ने भन्ने पनि चुनौती देखिएको छ ।  

सम्बन्धित समाचार

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, ला लिगामा १० अंकको अग्रता 

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले बार्सिलोनाले रियल बेटिसविरुद्द सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको

रियलको सेल्टामाथि सहज जित : जिदानको विजयी सुरुवात

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले सेल्टा डी भिगोविरुद्ध सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा रियलले सेल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा इस्को र

बार्सिलोनाका डेम्बेले घाइते, एक महिनाका लागि मैदान बाहिर 

काठमाडौँ । बार्सिलोनाका फ्रेन्च फरवार्ड उसमान डेम्बेले एक महिनाका लागि टिम बाट बाहिर भएका छन् । बार्सिलोनाले डेम्बेले हाम्सट्रीङ इन्जुरीका कारण एक महिना फुटबलबाट टाढा रहने जानकारी दिएको छ । गएराती लियोनलाई

जिनेदिन जिदान फेरी रियल म्याड्रिडको प्रशिक्षक 

काठमाडौँ । रियल म्याड्रिडले जिनेदिने जिदानलाई फेरी प्रशिक्षकमा नियुक्त गरेको छ । रियल म्याड्रिडले जिदानलाई यसै सिजनको सुरुमा क्लब छोडेका जिदानलाई २०२२ जुन सम्मका लागि पुन: प्रशिक्षकमा नियुक्त गरेको हो । रियल


z