• २०८१ बैशाख ८ शनिबार

रियलको निशानामा नेइमार र एम्बाप्पे !

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड अहिले यस सिजनमा पाएको असफलताबाट चर्चामा रहेको छ । विश्वकी उत्कृष्ट क्लब रियलले जिनेदिन जिदानलाई क्लबमा फेरी ल्याएर अर्को सिजनको तयारी सुरु गरेको छ ।

यसै बीच अब जिदान क्लबमा आएपछि रियलले को खेलाडी भित्राउला भन्ने चर्चा शुरु भएको छ ।

जिदानलाई क्लबको नयाँ प्रशिक्षक घोषणा गर्ने कार्यक्रममा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेलाई रियलले ल्याउन प्रयास गर्ने संकेत गरेका छन् ।

पेरेजले आफ्नो सम्बोधनमा मजाक गर्दै जिदान फ्रेन्च भएकाले एम्बाप्पेलाई ल्याउन सजिलो हुन सक्ने बताए । २० बर्षिय एम्बाप्पेले फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा एम्बाप्पेले ४ गोल गरेका थिए भने विश्वकपका उत्कृष्ट युवा खेलाडीको अवार्ड समेत जितेका थिए । एम्बाप्पेले पिएसजीका लागि यस सिजनमा अहिलेसम्म ३३ खेलमा २९ गोल गरेका छन् ।

त्यस्तै रियल म्यदरी को निशानामा ब्राजिलका नेइमार पनि रहेका छन् । नेइमार पिएसजीमा आएदेखि नै उनी खुशी नभएको मिडिया रिपोर्ट आइरहेका छन् । हाल इन्जुरीका कारण टिम बाहिर रहेका नेइमार आउदो सिजनमा रियल म्याड्रिड जाने सम्भावना देखिएको छ । जिदानको आगमनले रियल म्याड्रिडमा नयाँ स्टार खेलाडीको आगमन हुने निश्चित रहेको छ ।

च्याम्पियन्स लिगमा सफलता पाउन नेइमारलाई भित्राएको पिएसजी यस सिजनमा पनि च्याम्पियन्स लिगबाट बाहिरिएपछि नेइमारको पिएसजीमा लामो बसाई नहुने देखिएको छ ।

रियलका अध्यक्षले एम्बाप्पे र नेइमार मध्ये कसलाई ल्याउने भन्ने प्रश्नमा दुवैलाई भन्ने जवाफ दिएर रियलले आफ्नो योजना अगाडी राखेको छ । यसका अलावा रियलको निशानामा चेल्सीबाट खेलिरहेका इडेन हजार्ड समेत रहेका छन् । त्यस्तै जिदानका अगाडी रियलमा राम्रो प्रदर्शन गर्न नसकेका ग्यारेथ बेल, करिम बेन्जामा जस्ता खेलाडीलाई बेच्ने या राख्ने भन्ने पनि चुनौती देखिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै