• २०८१ बैशाख १२ बुधबार

अर्थमन्त्रीको राजीनामा माग्दै पूँजी बजारका लगानीकर्ताहरुद्वारा आन्दोलनको घोषणा  

kharibot

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।  

पूँजी बजारको बिग्रो अवस्थालाई मध्ये नजरमा राखेर सरोकार पक्षहरुले ''सुधार र बिस्तारको लागि अर्थमन्त्री युवराज खतिवडाको बर्खास्ती'' मुख्य मागसहित आन्दोलनको घोषणा गरेका छन्।  २०७५ फागुन २७ गते शेयर लगानीकर्ता दबाब समूहले कडा र लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रेस बिज्ञप्ति जारी गदै पूँजी बजार सुधार तथा बिस्तारका लागि पटक पटक दिएको दबाब समेतलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै आन्दोलनको घोषण गरेको हो ।

प्रेस बिज्ञप्तिमा सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावमा अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा दबाब समूहले गंभीर आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावका केही बुँदा कार्यान्वयन गरिए पनि अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा हाम्रो गंभीर आपत्ति रहेको छ तशर्थ पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न हाम्रो प्रमुख माग रहेको छ ।’

दबाब समूहले बैशाख १ गतेदेखि पुँजी बजारमा प्यान अनिवार्य लगाउने आवश्यकता र औचित्य पुष्टि नभएको हुनाले अनिवार्यको सट्टा स्वेच्छिक हुनुपर्ने प्रस्ट पारेको छ । साथै शेयर बजारमा खरीद बिक्री गर्दा लिने पूँजीगत लाभकर अन्तिम हो भन्ने प्रष्ट बनाइनुपर्ने माग राखेको छ ।

समूहले यसअघि धितोपत्र बोर्डमा पेश गरेको ३२ बुँदे मागसहित अन्य थप माग राखेर २०७५ चैत  ९ गतेदेखि चैत १६ गतेसम्म आन्दोलनको घोषणा गरेको छ ।

दबाब समूहको आन्दोलनको कार्यक्रम:-

चैत ९ गते पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने
चैत १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत  १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै