• २०८१ बैशाख ८ शनिबार

रामचन्द्र पौडेल भन्छन् - अदालत र अख्तियारको काम पनि प्रधानमन्त्रीले गर्ने हो ?

kharibot

बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिकेट राउतसँगको सम्झौताले आशंका पैदा गरेको बताएका चाहन 

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेललेसरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेका बताउदै सम्झौतापछिको राउतको व्यवहारले थप आशंका पैदा गरेको बताएका छन् । 

सम्झौतामा प्रयोग भएका भाषा आपत्तिजनक र राष्ट्रहित विपरित रहेको नेता पौडेलले बताएका छन्  । सरकारले पृथकतावादी विचारलाई मान्यता दिएको सम्झौताबाट देखिएको बताउदै सरकारले अहिले उब्जिएको आशंकालाई जति सक्दो छिटो निवारण गर्नुपर्ने बताए  ।

राष्ट्रको अखण्डतामाथि जनमत संग्रह हुनै नसक्ने भन्दै पौडेलले जनकपुरको घटनाले सरकार अपरिपक्क देखिएको बताए । राष्ट्रिय एकतामाथि आशंका हुनुहुदैन भन्दै नेता पौडेलले देशलाई खण्डित हुने विषय कसैलाई मान्य नहुने बताए ।  

त्यस्तै नेता पौडेलले प्रधानमन्त्रीले वाइडबडी प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ सहि नभएको बताए ।अहिले यो विषय अख्तियारले छानबिन गरेको विषयमा प्रधानमन्त्री बोलेर ढाकछोप गर्ने प्रपञ्च भएको उनले आरोप लगाए । 

नेता पौडेलले ‘के अख्तियारको काम पनि प्रधानमन्त्रीले गर्ने हो ? के अदालतको काम पनि प्रधानमन्त्रीले गर्ने हो ?’ भन्दै प्रश्न गरेका छन् ।  

देशमा भ्रष्ट्राचारका धेरै काण्ड बाहिर आएको भन्दै उनले सुनकाण्ड, चीनीकाण्ड जस्ता प्रकरणले सरकार सुशासन दिन असफल भएको बताए ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै