• २०८१ बैशाख ११ मंगलबार

बाहुबली फ्रयान्चाइजका निर्देशकको आगामी चलचित्रमा आलिया भट्ट !

kharibot

बाहुबली फ़्र्यान्चाइजका निर्देशक एस एस राजामौलीको आगामी चलचित्रमा आलिया भट्ट खेल्ने भएकी छिन् ।

फिल्मफेयर म्यागेजिनले जनाएअनुसार निकै ठूलो बजेटमा निर्माण हुने भनिएको उक्त चलचित्रमा आलिया भट्टको अलावा दक्षिण भारतीय सुपरस्टारहरू राम चरण र जुनियर एनटिआर पनि रहने छन् ।

फिल्मफेयरका अनुसार राम चरण र जुनियर एनटिआर चलचित्रमा खेल्ने यसअघि नै पक्का भए पनि फिल्म निर्माताहरू केही समयदेखि हिरोइनको खोजीमा रहेका थिए । यसअघि पनि आलिया भट्ट एस एस राजामौलीको फिल्ममा अनुबन्ध भएको तर फेरी बाहिरिहेको खबर संचारमाध्यममा आएका थिए ।

तर भर्खरै रिलिज भएको आलिया भट्टको ‘गली ब्वाय’ मा उनको अभिनयबाट प्रभावित भएर उनलाई फिल्ममा अनुबन्ध गर्ने पक्का भएको फिल्मफेयरले जनाएको छ ।

एसएस राजमौलीका पछिल्ला दुई चलचित्र ‘बाहुबली: द बिगीनिंग’ र ‘बाहुबली २: द कन्क्लुजन’ ले बक्सअफिसमा कीर्तिमानी व्यापार गरेका थिए । २०१५ मा रिलिज भएको बाहुबलीको पहिलो भागले बक्स अफिसमा करीब ६५० करोड भारुको कमाइ गरेको थियो भने यसको सिक्वेलले १८०० करोड भारु भन्दा बढीको कमाइ गर्न सफल भएको थियो । यी दुवै चलचित्र रिलिज हुदाँ त्यति बेलाको सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रको कीर्तिमान राख्न सफल भएका थिए ।

त्यसैगरी आलिया भट्टलाई अहिलेको समयमा बलिउडको सबैभन्दा उत्कृष्ट अभिनेत्रीको रुपमा हेरिएको छ । त्यसैले यी दुई प्रतिभाशाली फिल्मकर्मी सँगै काम गर्ने खबरलाई अहिले उत्साहका साथ हेरिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै