• २०८१ बैशाख ८ शनिबार

छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ बर्ष जेल 

kharibot

ओखलढुंगा । छोरीलाई बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । 

ओखलढुंगाको सुनकोसी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा सजाय सुनाएको हो ।

ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालका अनुसार हाडनाता करणी तर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिनागरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो । 

मुलुकी अपराध संहिता कार्यन्वयनमा आएपछि  कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले जानकारी दिए। प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन। 

पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए। उनी विरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जवरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । यसअघि पनि पीडक उक्त मुद्दामा पुर्पक्षका लागि कारागारमा थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै