• २०८१ बैशाख १३ बिहीबार

प्याब्सनको निर्वाचन बुधबार

kharibot

काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ नेतृत्वको लागि बुधबार निर्वाचन हुने भएको छ । 

आज १४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएपछि बुधबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुने प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए । 

नयाँ नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गाना समूहबीच प्रतिस्पर्धा हुने भएको छ । प्याब्सनमा पहिलो पटक इलोक्ट्रोनिक भोटिङ मेशीन प्रयोग गरिने भएको छ । रामलक्ष्मण इलोक्ट्रोनिक भोटिङ मेशीनबाट महाधिवेशनमा सहभागी प्रतिनिधिले मतदान गर्ने छन् । 

‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनमा दुई हजार ४३८ प्रतिनिधि मतदान गर्नेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै