मुम्बई । बलिवुड अभिनेता जैकी सराफले आफ्ना छोरा टाइगर सराफले अभिनेत्री दिशा पटानीसँग विवाह गर्न सक्ने बताएका छन् ।
एक अन्तर्वार्ताका क्रममा जैकीले टाइगरको बारेमा कुरा गर्दै यस्तो खुलासा गरेका छन् । उनले भनेका छन्, ‘टाइगरले २५ बर्षको उमेरमा एक असल केटी साथी भेटाएको छ । उसका धेरै साथी छैनन् । उनीहरु दुवैको जोडी राम्रो पनि देखिन्छ । दिशा आर्मी परिवारकी भएकीले उनलाई अनुशासनको बारे राम्रो ज्ञान छ । भविष्यमा यो जोडी विवाह बन्धनमा बाधिन सक्छ ।’
टाइगर र दिशा लामो समय देखि साथ छन् भने उनीहरुले सँगै फिल्म पनि गरिरहेका छन् । टाइगरले पनि हालै एक अन्तर्वार्ताको क्रममा आफुलाई दिशाको साथ राम्रो लाग्ने र उनीसँग हुदा राम्रो महसुस गर्ने बताएका थिए ।
टाइगर र दिशाले हालै सुपरहिट फिल्म बागी-२ मा सँगै अभिनय गरेका थिए । हाल टाइगरले स्टुडेन्ट अफ द इयर -२ र ऋतिक रोशनसँगको फिल्ममा काम गरिरहेका छन् । त्यस्तै दिशा भने सलमान खानसँग फिल्म ‘भारत’ मा काम गरिरहेकी छन् ।