प्याब्सनको नेतृत्वमा सहमति, टीकाराम पुरी अध्यक्ष बन्दै 

खरीबोट

टीकाराम पुरी

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । 

नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलमा प्रस्तुत गरिने तयारी भएको छ । 

विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ । सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे हुनुहुनेछ । पूर्वअध्यक्ष लक्षबहादुर केसीका अनुसार अहिले बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ । 

कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो । 
 

सम्बन्धित समाचार

प्याब्सनको अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन 

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन भएका छन् ।  आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य भोजबहादुर शाहले

प्याब्सनको नेतृत्वमा सहमति, टीकाराम पुरी अध्यक्ष बन्दै 

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।  नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि

प्याब्सनमा आर्थिक प्रतिवेदन छानबिन गर्न समिति

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को जारी १४औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिले असन्तुष्टि जनाएपछि आर्थिक प्रतिवेदन पारित हुन नसकी छानबिन समिति गठन भएको छ ।  बन्दसत्रमा कोषाध्यक्ष टङ्कबहादुर

प्याब्सनको निर्वाचन बुधबार

काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ नेतृत्वको लागि बुधबार निर्वाचन हुने भएको छ ।  आज १४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएपछि बुधबार बिहान ८ देखि दिउँसो


z