• २०८१ बैशाख ८ शनिबार

रोनाल्डो भन्छन्–‘युभेन्टसले मलाई यसै कारणले ल्याएको हो’ 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले फेरी एक पटक आफुलाई उत्कृष्ट साबित गरेका छन् । गएराती एथलेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक गरेर रोनाल्डोले युभेन्टसला क्वाटरफाइनलमा मात्र पुर्याएनन्, उनले आफु माथि उठेको प्रश्नको पनि जवाफ दिएका छन् ।

यसअघि ६ खेलमा केवल एक गोल गरेर रोनाल्डो आलोचनाको शिकार भइरहेका बेला यस प्रदर्शनले ३४ बर्षिय रोनाल्डो फेरी विश्व फुटबलमा अहिले पनि उत्कृष्ट खेलाडी हुन् भन्ने प्रमाणित गरेका छन् ।

रोनाल्डोले खेल पछि आफ्नो प्रतिक्रिया दिदै यस्तै प्रदर्शनका लागि युभेन्टसले आफुलाई भित्राएको बताए । रोनाल्डोले स्काई इटाली च्यानलसँग कुरा गर्दै भने, ‘हामी सहि दिशामा छौ, यदि यस्तै प्रदर्शन जारी रहे हामी उपाधि जित्न सक्छौ, हामीले गर्व गर्ने कारण यो जित बनेको छ ।’

रोनाल्डोले यो रात एक जादुमय रात भएको बताउदै एथलेटिकोविरुद्ध यस्तो जित हासिल गर्नु कठिन काम भएको बताए । आफुलाई युभेन्टसले यसै कामको लागि ल्याएको बताउदै रोनाल्डोले आफुले आफ्नो तर्फबाट सबै प्रयास गर्ने बताए । रोनाल्डोले टिमका खेलाडीहरुको मनोबल उच्च रहेको र जित्नु पर्छ भन्ने आत्मविश्वास रहेकोले नै यस्तो नतिजा आएको बताए ।

च्याम्पियन्स लिगमा रोनाल्डोको प्रदर्शन :

रोनाल्डोले यस सिजनमा युभेन्टसका लागि कुल सिरी ए मा १९ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा अब ७ खेलमा ४ गोल गरेका छन्, जसमा एक ह्याट्रिक सामेल छ । रोनाल्डोले अहिलेसम्म च्याम्पियन्स लिगमा कुल ८ ह्याट्रिक गर्दै आफ्ना प्रतिद्वन्दी लियोनेल मेसीसँग बराबरी गरेका छन् ।   

त्यस्तै रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म १२४ गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचीमा अग्र स्थानमा रहेका छन् । उनलाई लियोनेल मेसीले १०६ गोल गरेर पछाएका छन् । 

साथै रोनाल्डोले आफ्नो क्यारियरमा एथलेटिको म्याड्रिडविरुद्ध २५ गोल गरेका छन् । एथलेटिकोले अहिलेसम्म च्याम्पियन्स लिगमा कुल ११८ गोल गरेको छ भने रोनाल्डो एक्लैले १२४ गोल गरेका छन् । 

रोनाल्डोले पछिल्लो तीन सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउदा २०१५/१६ सिजनमा १६ गोल, २०१६/१७ सिजनमा १२ गोल र २०१७/१८ सिजनमा १५ गोल गरेका थिए ।
रोनाल्डोले च्याम्पियन्स लिगको एक सिजनमा यस अघि सबै भन्दा कम गोल २००६/०७ सिजनमा म्यानचेस्टर युनाइटेडका लागि खेल्दै ३ गोल गरेका थिए ।   
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै