• २०८१ बैशाख ४ मंगलबार

याहुद्वारा सबै एकाउन्ट ह्याक भएको स्वीकार

kharibot

काठमाडौँ ।विश्वको चर्चित कम्पनि याहुले आफ्ना ३ बिलियन इमेल एकाउन्ट ह्याक भएको सूचना सार्वजनिक गरेको छ ।

याहुले सन् २०१३ मा भएको ह्याकमा ३ बिलियन एकाउन्ट ह्याक भएको सार्वजनिक गरेको हो । याहुले सन् २०१६ को रिपोर्टमा नाम इमेल र पासवर्ड ह्याक भएपनि कुनै फाइनान्सियल सूचना भने ह्याक नभएको गत बर्ष जनाएको थियो ।

याहुलाई भर्जोनले किनेको चार महिना पछि नयाँ सूचना सार्वजनिक गरेको हो । अहिले याहुको बजार मुल्य ४.४८ बिलियन अमेरिकी डलर रहेको छ । हाल याहु भर्जोन डिजिटल मिडियाको एक कम्पनिको रुपमा रहेको छ । भर्जोनले यस अघि सार्वजनिक भएको आँकडालाई सच्याउदै लिक भएको इमेलको संख्या ३ बिलियन भएको मंगलबार जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा हालै प्राप्त नयाँ सूचनाका आधारमा बाहिर फोरेन्सिक विशेषज्ञको सहयोगमा सबै याहुका एकाउन्ट अगस्त २०१३ मा चोरी भएको जनाएको छ ।
तर भर्जोनले भने बाहिरी फोरेन्सिक विशेषज्ञ को हो भन्ने बारेमा भने ख्लाएको छैन ।

हाल याहुले इमेल पठाएर आफ्ना प्रयोगकर्तालाई पासवोर्ड परिवर्तन गर्न र सुरक्षाका लागि अतिरिक्त अनुरोध पठाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै