• २०८१ बैशाख ८ शनिबार

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना हुदै 

kharibot

काठमाडौँ । नेपालको लागी हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले बिगतका वर्ष झैँ यसवर्ष पनि हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ को आयोजना गर्ने भएको छ । 

उक्त टुर्नामेन्ट ग्लेनएन्जल डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो शुक्रबार र शनिबार १५ र १६ मार्च, २०१९ मा हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डी क्यापमा खेलिने छ । 

यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर, फर्स्ट रनर अप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिको) जुनियर विनर (१७ वर्ष उमेर मुनीको), हुण्डाई वनर्स विनर, लंग्रेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बिर्डिज क्याटोगरीमा बिजेता घोषित गरिने छ । 

यसको साथै होल इन वन बिजेतालाई उपहार स्वरूप एक थान द अल न्यू हुण्डाई सान्ट्रो गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

हुण्डाईले विश्वभर नै गल्फ खेलको बिकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जसमध्ये पिजिए टुरको टुर्नामेन्टस् अफ द च्याम्पियन्स एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै