• २०८१ बैशाख ७ शुक्रबार

टिक टक १ अर्ब भन्दा बढी पटक इन्स्टल गरिएका एपहरूको सूचीमा

kharibot

लोकप्रिय भिडियो शेयारिंग एप टिक टक गुगल र एप्पलको एप स्टोरबाट १ अर्ब भन्दा बढी पटक इन्स्टल गरिएको एक तथ्यांकले देखाएको छ ।

एपहरूको मुल्यांकन एवम् विश्लेषण गर्ने कम्पनी सेन्सर टावरले निकालेको तथ्यांकअनुसार यो एप २०१८ मा मात्रै ६६ करोड भन्दा बढी पटक इन्स्टल भएको थियो ।

२०१८ मै फेसबुक ७१ करोड भन्दा बढी इन्स्टल भएको थियो भने इन्स्टाग्राम टिक टकभन्दा थोरै ४४ करोड पटक इन्स्टल गरिएको थियो । तर यो संख्या यी एपका प्रयोगकर्ताहरूको तथ्यांक नभएर यी एपहरू एप स्टोरहरूबाट कति पटक इन्स्टल गरिए भन्ने मात्र हो ।

त्यसैगरी यो तथ्यांकले टिक टकको घरेलु बजार चीनमा एण्ड्रोइडद्वारा गरिएका इन्स्टलहरूलाई पनि समावेश गरेको छैन । टिक टिक चीनमा भने डोउइन नामले चिनिने गर्दछ । २०१९ को जनवरीमा मात्र टिक टकका ७ करोड नयाँ प्रयोगकर्ताहरू थपिएका थिए ।

चाइनिज कम्पनी बाइटडान्सले २०१७ अगस्टमा म्युजिकली एपलाई करिब १ अर्ब डलरमा किनेर आफ्नो एप टिक टकमा मर्ज गरेको थियो । २०१८ मा टिक टक एप्पल र गुगलका एप स्टोरमा गेमिंग एपबाहेक सबैभन्दा बढी इन्स्टल गरिने एपको सूचीमा चौथो स्थानमा रहेको थियो भने २०१९ को जनवरीसम्म यो एप तेस्रो स्थानमा पुगेको थियो ।

अमेरिकामा त टिक टक गेमिंग एप बाहेक सबैभन्दा बढी इन्स्टल हुने एप रहेको छ । त्यसैगरी २०१८ मा टिक टकलाई भारतमा भएको ‘गुगल प्ले अवार्ड्स’ मा ‘मस्ट इन्टरटेनिंग एप’ को अवार्ड पनि प्रदान गरिएको थियो ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै