जर्मनीको कार कम्पनी भक्सवागनले ७ हजार कर्मचारी हटाउने

खरीबोट

फ्राङ्कफर्ट ।  जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । 

कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ । 

भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ । एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका लागि करिब ११ हजार कर्मचारी योग्य हुनेछन् । सन् २०२३ सम्ममा प्रतिवर्ष करिब ६ अर्ब यूरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो । 

यसैबीच, उल्फ्सबर्गस्थित भक्सवागनले ब्याट्रीबाट चल्ने कार र स्वचालित कार उत्पादनमा लगानी वृद्धि गर्ने योजना अघि सारेको छ । कम्पनीले नोभेम्बरमा घोषणा गरिएको ११ अर्ब यूरोबाट झण्डै १९ अर्ब यूरो पुर्याउने लक्ष्य राखेको छ ।
 

सम्बन्धित समाचार

सन् २०१८ मा चिनियाँ रोजगार बजार स्थिर

बेइजिङ । सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  चीनको औषत मासिक तलबमा अघिल्लो बर्षको तुलनामा गत बर्षको अन्तिम तीन महिनामा ३.९

सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक 

काठमाडौँ । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भन्दै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता निराशाजनक रहेको छ ।  सामाजिक सुरक्षा योजना कार्यान्वयनमा विभिन्न

वैदेशिक रोजगार : विभिन्न देशमा ५४५ नेपाली जेलमा, २४ अचेत

काठमाडौँ । रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६

शुक्रबारदेखि बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार


z