• २०८१ बैशाख ७ शुक्रबार

साफ महिला फुटबल : भारतद्वारा माल्दिभ्सलाई आधा दर्जन गोल 

kharibot

काठमाडौँ । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसीपको दोस्रो खेलमा समुह बी अन्तर्गत भारतले माल्दिभ्समाथि सहज जित हासिल गरेको छ । 

प्रतियोगिताको उपाधी दाबेदार राष्ट्र मानिएको भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोल अन्तरले पराजित गरेको छ । 

विराटनगरको शहिद रंगशालामा सम्पन्न खेलमा भारतले पाँच गोल खेलको पहिलो हाफमा गरेको थियो भने एक गोल दोस्रो हाफमा गरेको थियो । 

भारतका लागि संजुले २ गोल गरेकी थिइन् भने संधिया रंगनाथन, डाङमेई ग्रेस, इन्दुमती कथिरेसान र रत्नबाला देवीले एक एक गोल गरेका थिए ।   

यसअघि मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ ।

पाँचौ साफ महिला फुटबल प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सार्क देश पाकिस्तान भने सहभागी भएको छैन ।

प्रतियोगितामा अब फागुन ३० गते भुटान र बंगलादेश, चैत्र १ गते माल्दिभ्स र श्रीलंका, चैत्र २ गते नेपाल र बंगलादेशबीच खेल हुने छ । त्यस्तै समुह चरणको अन्तिम खेल चैत्र ३ गते श्रीलंका र भारतबीच खेल हुने छ ।

त्यस्तै चैत्र ६ गते दुवै सेमिफाइनल खेल हुनेछन् भने चैत्र ८ गते प्रतियोगिताको फाइनल खेल हुने छ । समुह चरणका सबै खेल अपराह्न ३ बजे हुने छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै