निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई दियो २७३ रनको लक्ष्य 

खरीबोट

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा भारतलाई २७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २७२ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि उसमान ख्वाजाले सिरिजमा आफ्नो दोस्रो शतक बनाएका छन् । ख्वाजाले १०६ बलमा सय रन बनाएर आउट भए । त्यस्तौ पिटर ह्यान्ड्सकम्बले ५२ रन बनाए भने झिय रिचार्डसनले २९, कप्तान एरोन फिन्चले २७ रन बनाए ।

त्यस्तै भारतीय बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने मोहमद सामी र रविन्द्र जडेजाले २-२ विकेट लिए ।त्यस्तै कुलदीप यादवले एक विकेट लिए ।

५ खेलको सिरिजमा दुवै देशले यस अघि २-२ खेल जितेर सिरिजमा बराबरीको अवस्थामा रहेका छन् । यस खेल जित्ने देशले सिरिज कब्जा गर्ने छ ।   
 

सम्बन्धित समाचार

भारतविरुद्धको एकदिवसीय सिरिजमा अस्ट्रेलियाको कब्जा

काठमाडौँ । भारतविरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले कब्जा गरेको छ । बुधबार भएको अन्तिम एकदिवसीय खेलमा भारतमाथि ३५ रनको जित हासिल गर्दै अस्ट्रेलियाले सिरिज ३-२ ले कब्जा गरेको हो । अस्ट्रेलियाले दिएको २७३

भारतमाथि अस्ट्रेलियाको ठुलो जित, सिरिज बराबरी गर्यो  

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको चौथो एकदिवसीय खेलमा जित हासिल गरेको छ । भारतले दिएको ३५९ रनको लक्ष्य अस्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । अस्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकबले

भारतद्वारा अस्ट्रेलियालाई ३५९ रनको लक्ष्य 

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको चौथो एकदिवसीय खेलमा भारतले अस्ट्रेलियालाई ३५९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै ३५८ रन बनाएको हो । भारतका लागि

भारतमाथि अस्ट्रेलियाको जित 

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा जित हासिल गरेको छ ।  शुक्रबार भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हासिल गरेको छ । यस


z