• २०८१ बैशाख ६ बिहीबार

निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई दियो २७३ रनको लक्ष्य 

kharibot

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा भारतलाई २७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २७२ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि उसमान ख्वाजाले सिरिजमा आफ्नो दोस्रो शतक बनाएका छन् । ख्वाजाले १०६ बलमा सय रन बनाएर आउट भए । त्यस्तौ पिटर ह्यान्ड्सकम्बले ५२ रन बनाए भने झिय रिचार्डसनले २९, कप्तान एरोन फिन्चले २७ रन बनाए ।

त्यस्तै भारतीय बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने मोहमद सामी र रविन्द्र जडेजाले २-२ विकेट लिए ।त्यस्तै कुलदीप यादवले एक विकेट लिए ।

५ खेलको सिरिजमा दुवै देशले यस अघि २-२ खेल जितेर सिरिजमा बराबरीको अवस्थामा रहेका छन् । यस खेल जित्ने देशले सिरिज कब्जा गर्ने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै