• २०८१ बैशाख ८ शनिबार

मलेसियामा २३ अलपत्र नेपालीको उद्धार

kharibot

काठमाडौँ । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । 

हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । 

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ । 

उक्त दूतावासले आज एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै