• २०८१ बैशाख ७ शुक्रबार

क्वाटरफाइनलमा पुगेसँगै युभेन्टसको सेयर २० प्रतिशतले बढ्यो 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेसँगै युभेन्टसको सेयर २० प्रतिशतले बढेको इटालियन मिडियाले बताएका छन् ।

गएराती क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्धतले स्पेनिस क्लब एथलेटिको म्याड्रिडलाई ३-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको युभेन्टसको सेयर सन् २०१३ पछि कै उच्च देखिएको छ ।

युभेन्टस क्वाटरफाइनलमा प्रवेश गर्नासाथ करिब १२ मिलियन डलर अतिरिक्त कमाई गरेको छ भने सेयर बजारमा समेत २० प्रतिशतको वृद्धि बह्येको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

विहान सेयर बजार खुल्ना साथ १६ प्रतिशतको वृद्धि भएको बताइएको छ ।

युभेन्टसमा इटालीको एग्नेली परिवारको एक्सोर समुहको ६४ प्रतिशत लगानी रहेको छ । 

यसै सिजनको सुरुवातमा रोनाल्डो युभेन्टस आउदा समेत क्लबको सेयर १५ प्रतिशतसम्म बढेको थियो । रोनाल्डोको आगमन पछि क्लबको सामाजिक संजालमा समेत व्यापक रुपमा फलोअरको वृद्धि भएको थियो । विश्वभर रोनाल्डोको जर्सी र अन्य मर्चेन्टडाइजबाट समेत क्लबले राम्रो कमाई गरेको थियो र सो क्रम अहिलेसम्म जारी रहेको छ ।

युभेन्टस अब एजाक्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् भने अब बायर्न म्युनिख र लिभरपुल तथा बार्सिलोना र लियोनबाट आजराती हुने खेलबाट एक एक टिम क्वाटरफाइनलमा पुग्ने छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै