केयू ‘स्कुल अफ ल’ का डीन डा. विपिन अधिकारीद्वारा राजीनामा 

खरीबोट

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ ल का डीन डा. विपिन अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

डा. अधिकारीले आगामी चैत्र ३० गतेबाट लागि हुने गरि काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलाई बुधबार राजिनामा दिएका हुन् ।

२०७३ पुस १० मा बसेको विश्वविधालयको ८२४औ कार्यकारिणी बैठकले विश्वविधालय ऐन २०४८ को दफा १६ अनुसार डा. अधिकारीलाई स्कुल अफ ल को डीनमा तीन बर्षका लागि नियुक्त गरेको थियो ।

राजीनामा पत्रमा उनले भनेका छन्, ‘यो राजीनामा लेख्दै म तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष एवं पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकारले यस स्कुल अफ लको पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको आर्थिक सहयोगको लागि पनि कृतज्ञता व्यक्त गर्दछु ।’

उनले आफ्नो राजीनामामा विश्वविद्यालयको स्कुल अफ ल को स्थापनाकालिन उद्धेश्य प्राप्तिका काम कारवाही, यसको निरन्तर विकास एवं संस्थागत समृद्धिका लागि आफु प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् । 
    
 

सम्बन्धित समाचार

काठमाडौँ विश्वविद्यालयको तालाबन्दी खोल्न वार्ता समिति

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्टार र डिनका दुई वटा कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न काठमाडौँ विश्वविद्यालयले वार्ता समिति गठन गरेको छ ।  सङ्घले विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक

काठमाडौँ विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा तालाबन्दी

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति

केयूमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह शुरु

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले

काठमाडौँ विश्वविद्यालयमा रजिष्टारपछि विभागीय प्रमुखहरुको धमाधम राजीनामा   

काठमाडौँ।  देशको राम्रो भनिएको काठमाडौँ विश्वविद्यालय अहिले भद्रगोल हुन पुगेको छ। उपकुलपति डा.रामकान्थ माकाजु र रजिष्टार डा. भोला थापाबीचको विवादका बीच डा.थापाले आफ्नो पदबाट राजीनामा दिएपछि विश्वविद्यालयको अवस्था भद्रगोल हुन


z