• २०८१ बैशाख १२ बुधबार

केयू ‘स्कुल अफ ल’ का डीन डा. विपिन अधिकारीद्वारा राजीनामा 

kharibot

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ ल का डीन डा. विपिन अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

डा. अधिकारीले आगामी चैत्र ३० गतेबाट लागि हुने गरि काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलाई बुधबार राजिनामा दिएका हुन् ।

२०७३ पुस १० मा बसेको विश्वविधालयको ८२४औ कार्यकारिणी बैठकले विश्वविधालय ऐन २०४८ को दफा १६ अनुसार डा. अधिकारीलाई स्कुल अफ ल को डीनमा तीन बर्षका लागि नियुक्त गरेको थियो ।

राजीनामा पत्रमा उनले भनेका छन्, ‘यो राजीनामा लेख्दै म तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष एवं पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकारले यस स्कुल अफ लको पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको आर्थिक सहयोगको लागि पनि कृतज्ञता व्यक्त गर्दछु ।’

उनले आफ्नो राजीनामामा विश्वविद्यालयको स्कुल अफ ल को स्थापनाकालिन उद्धेश्य प्राप्तिका काम कारवाही, यसको निरन्तर विकास एवं संस्थागत समृद्धिका लागि आफु प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै