प्रधानन्यायाधीशद्वारा न्यायाधीशहरुलाई लिखित निर्देशन

खरीबोट

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रति स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन गर्न देशैभरका न्यायाधीशलाई लिखित निर्देशन दिएका छन् । 

प्रधानन्यायाधीश राणाले आज उच्च अदालतका मुख्य न्यायाधीशमार्फत देशैभरका न्यायाधीलाई न्यायपालिकाप्रति प्रभावकारी न्याय सम्पादनको अपेक्षा पूरा गर्न सबैको उच्चस्तरको लगन, मिहिनेत, क्षमता, इमान्दारी र जवाफदेहिताका साथ कार्य गर्न निर्देशन लिखित निर्देशन दिएका हुन् । 

लिखित निर्देशनमा न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न र यसको साख कायम गर्न थप संवेदनशीलताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने, अदालतमा विचौलियाको कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिहरुको पहिचान गरी अदालतमा प्रवेश रोक लगाउने कार्य प्रभावकारी रुपमा गर्न भनिएको छ । 

न्यायिक काम कारवाहीको अनुगमन र नियमनलाई प्रभावकारी बनाई न्यायिक सुशासनको अभिवृद्धिमा ध्यान दिनुपर्ने, मुख्यन्यायाधीशले आफ्नो र मातहतका अदालतका न्यायाधीश र कर्मचारीको आचरण, अनुशासनको पालना गरे÷नगरेको तथा न्यायिक काम कारवाहीमा अनियमितता भए÷नभएको निरन्तर अनुगमन गर्न भनिएको छ । 

निर्देशनमा मूल्याङ्कन र निगरानी गरी आचरण र अनुशासनको पालना नगरेको वा अनियमितता वा विचलनजन्य कार्य गरेको पाइएमा आफूले कारवाही गर्न सक्ने हदसम्म कारवाही गरी सोको जानकारी गराउने र अन्यको हकमा सिफारिशसहितको प्रतिवेदन पेश भनिएको छ । 

उमेरहदका कारणबाट अवकाश हुने न्यायाधीशलाई संविधान र कानूनले अवकाश प्राप्त गर्ने अन्तिम अवधिसम्म इजलासमा बसी मुद्दाको सुनुवाइ र फैसला गर्न कुनै किसिमको बन्देज नलगाएको भए पनि अवकाश हुने अन्तिम दिनसम्म न्यायाधीशले इजलासमा बसी मुद्दाको नियमित सुनुवाइ र फैसला गर्ने कार्य गर्नुभन्दा एक महीनाअगाडि देखि नै आफूले गरेका फैसला वा आदेशहरु तयार गर्ने र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्नु बढाउनु व्यावहारिक र उपयुक्त हुने उल्लेख छ । 

न्यायपालिकामा कार्यरत न्यायाधीश तथा कर्मचारीले सामाजिक सञ्जालहरुमा अदालतसम्बन्धी विषय राख्दा न्यायपालिकाको शाख, न्यायपालिकाप्रतिको आस्था तथा न्याय सम्पादनमा पर्ने प्रभावकाबारे ध्यान दिन भनिएको छ । न्यायाधीश तथा कर्मचारीको आचारसंहिता, अनुशासनसँग समेत सम्बन्धित रहेको हुँदा गम्भीरता र संवेदनशील रहन र आवश्यक काम कारवाहीको अनुगमन र नियमनसमेत गर्न निर्देशन दिएका छन् । 

सम्बन्धित समाचार

प्रधानन्यायाधीशद्वारा न्यायाधीशहरुलाई लिखित निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रति स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन गर्न देशैभरका न्यायाधीशलाई लिखित निर्देशन दिएका छन् ।  प्रधानन्यायाधीश राणाले आज उच्च अदालतका मुख्य न्यायाधीशमार्फत देशैभरका न्यायाधीलाई

डा. केसीको मागलाई पार्टीको बिल्ला लगाउन हुदैन – पूर्वप्रधानन्यायाधीश कार्की  

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले २२औ दिनसम्म अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएकी छिन् ।  आज अपराह्न महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी कार्कीले डा. केसीलाई भेटेर उनको अवस्था

बिचौलियालाई अदालतको अवहेलनामा कारवाही हुन्छ : प्रधानन्यायाधीश राणा 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।  संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज भएको भेटमा उनले

आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्न : प्रधानन्यायाधीश 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताएका छन् ।  सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज आयाजना गरेको


z