जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह, ‘चन्दा नदिनुहोस्’

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् । लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।” प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताए । 

“जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, उनले भने , “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै भने, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिँड्नेले अहिले यसको विरोध गरेका छन् ।” 

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाए । “अवसर सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, उनले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।” 

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रतिनिधिसँग छलफल गर्ने बताए । कार्यक्रममा उहाँले नगरपालिकाका ‘असल अभ्यास’ नामको पुस्तक विमोचन गरेका छन् ।  
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा

संबिधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज हो – प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।  संविधान दिवस-राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजक लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।  ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् । बैठक साँझ पाँच बजे

प्रधानमन्त्री ओली फलोअप उपचारका लागि विहिबार सिंगापुर जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरी सिंगापुर जाने भएका छन् । यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का विहिबार सिंगापुर जान लागेका


z