• २०८१ बैशाख ७ शुक्रबार

मेसीको उत्किष्ट प्रदर्शनसहित बार्सिलोना क्वाटरफाइनलमा 

kharibot

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ गोल अन्तरले विजयी हुदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो । प्रि-क्वाटरफाइनलको पहिलो लिगमा दुवै टिम बिना कुनै गोल बराबरीमा रोकिएका थिए ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरे भने फिलिप कोटिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक गोल गरेका थिए । त्यस्तै लियोनका लागि एक गोल टुसर्टले गरेका थिए ।

मेसीले यस खेलमा २ गोल गरे भने २ गोल असिस्ट समेत गरेका छन् । च्याम्पियन्स लिगको इतिहासमा मेसीले अहिलेसम्म १०८ गोल गरेका छन् । मेसीले पछिल्लो ११ सिजनमा लगातार बार्सिलोनाका लागि ३५ भन्दा बढी गोल गर्दै नयाँ रेकर्ड बनाएका छन् ।

त्यस्तै बार्सिलोनाले आफ्नो घरेलु मैदानमा च्याम्पियन्स लिगका पछिल्ला ३० खेलमा अपराजित रहेको छ । जसमा २७ खेल जितेको छ भने ३ खेल बराबरीमा रोकिएका छन् ।

यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पुरा भएको छ । च्याम्पियन्स लिगको यस सिजनको क्वाटरफाइनलमा बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्स रहेका छन् ।

अब क्वाटरफाइनलको ड्र भोली शुक्रबार हुने छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै