बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा 

खरीबोट

काठमाडौं । लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा जर्मनी क्लब बायर्न म्युनिखलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । पहिलो लिगमा बिना कुनै गोल बराबरीमा रोकिएका दुवै टिम दोस्रो लिगमा लिभरपुलले उत्कृष्ट प्रदर्शन लगातार दोस्रो सिजन क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले २ गोल गरे भने एक गोल भान डिजकले गरेका थिए । त्यस्तै बायर्नका लागि एक गोल भने लिभरपुलकै जोएल माटिपले आत्मघाती गोलको रुपमा गरेका थिए ।

यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पुरा भएको छ । च्याम्पियन्स लिगको यस सिजनको क्वाटरफाइनलमा बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्स रहेका छन् ।

अब क्वाटरफाइनलको ड्र भोली शुक्रबार हुने छ । 
 
 

सम्बन्धित समाचार

जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । मेजर लिग सकर (एमएलएस) लिगमा एलए ग्यालेक्सीबाट खेलिरहेका इम्ब्रहिमोविचलाई न्युयोर्कसिटीविरुद्धको गत शनिबारको खेलमा सिटीका गोलकिपरलाई हानेको आरोपमा उनलाई दुई

म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने सम्भावना बढ्यो !

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई युइएफए च्याम्पियन्स लिगमा एक बर्षको प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ । युरोपको फुटबल महासंघ युइएफएले सिटीले उलंघन गरेको फाइनान्सियल फेयरप्ले सम्बन्धि विषयलाई क्लब

वुमन्स च्याम्पियन्स लिग टी-२० लिगको खेलाडी ड्राफ्ट सम्पन्न

काठमाडौं । महिला क्रिकेटको टी-२० लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को खेलाडीको ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार भएको ड्राफ्टमा ५ टिमले हरेक टिममा ११-११ खेलाडीका दरले ५५

म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा एक बर्षको प्रतिबन्ध लाग्न सक्ने !

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई युइएफए च्याम्पियन्स लिगमा एक बर्षको प्रतिबन्ध लाग्न सक्ने भएको छ । न्युयोर्क टाइम्सका अनुसार हाल फाइनान्सियल नियम तोडेको आरोपमा छानबिन गरिरहेको कमिटीले सिटीलाई


z