• २०८१ बैशाख ८ शनिबार

बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा 

kharibot

काठमाडौं । लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा जर्मनी क्लब बायर्न म्युनिखलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । पहिलो लिगमा बिना कुनै गोल बराबरीमा रोकिएका दुवै टिम दोस्रो लिगमा लिभरपुलले उत्कृष्ट प्रदर्शन लगातार दोस्रो सिजन क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले २ गोल गरे भने एक गोल भान डिजकले गरेका थिए । त्यस्तै बायर्नका लागि एक गोल भने लिभरपुलकै जोएल माटिपले आत्मघाती गोलको रुपमा गरेका थिए ।

यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पुरा भएको छ । च्याम्पियन्स लिगको यस सिजनको क्वाटरफाइनलमा बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्स रहेका छन् ।

अब क्वाटरफाइनलको ड्र भोली शुक्रबार हुने छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै