• २०८१ बैशाख ७ शुक्रबार

मेसी भन्छन्,‘रोनाल्डोको ह्याट्रिकले आश्चर्य बनायो’ 

kharibot

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट आफु आश्चर्यमा परेको बताएका छन् ।

गएराती फ्रेन्च क्लब लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याएपछि प्रतिक्रिया दिदै मेसीले रोनाल्डोको तारिफ गरेका हुन् । लियोनविरुद्ध २ गोल र र असिस्ट गरेका मेसीले आफुले एथलेटिको म्याड्रिडले राम्रो खेल्ने अपेक्षा गरेको भएपनि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेर युभेन्ट्सलाई क्वाटरफाइनलमा पुर्याएको बताए ।

मेसीले भने, ‘रोनाल्डो र युभेन्टसले उत्कृष्ट खेले, यो निकै ठुलो आश्चर्य थियो किनकी मैले सोचेको थिए एथलेटिको बलियो टिम हो ।’ मेसीले अगाडी भने युभेन्टस रोनाल्डोको जादुमय प्रदर्शनले आगाडी बढ्यो ।

अब क्वाटरफाइनल बारे बोल्दै मेसीले सबै टिम उत्कृष्ट भएकाले आफ्नो कुनै रोजाई नभएको बताए । उनले भने, ‘ हामी ड्र पर्खिरहेका छौ, हाम्रो प्रतिद्वन्दी को हुन्छ भनेर । सिटी, युभेन्टस, लिभरपुल सबै बलिया छन् ।’

लियोनविरुद्धको खेलबारे मेसीले सुरुमा अलि राम्रो नखेलेको बताउदै भने, ‘हामी आफैले सुरुमा केहि नराम्रो खेल्यौ तर जब ३-१ गोल अन्तर भयो अनि हामी अगाडी बढ्यौ जस्तो लाग्यो । त्यसपछि काउन्टर अट्याकका लागि मौका पायौ र गोल पनि भयो ।’

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पुरा भएको छ । च्याम्पियन्स लिगको यस सिजनको क्वाटरफाइनलमा बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्स रहेका छन् ।

अब क्वाटरफाइनलको ड्र भोली शुक्रबार हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै