दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

खरीबोट

अदिस अबाबा, इथियोपिया । इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले जानकारी गराएका छन् । 

आइतबार चालकदलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ । 

प्रवक्ता असरत वेगासाले भने, “हामीले ब्लाक बक्सको विश्लेषणका लागि यूरोप पठाउने निर्णय गरेका छौँ । तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ । हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुङ्गो लागेको छैन ।” 

यस पहिले विमान कम्पनीले ब्लाक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो ।  
 

सम्बन्धित समाचार

इथोपियामा दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक रहेको पुष्टि

अदिस अबाबा । आइतबार विहान दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ ।  विमानमा नेपाली नागरिक भएको भने जानकारी छैन


z