विप्लवको बन्दको आंशिक प्रभाव : विद्यालय बन्द, विभिन्न ठाउमा शंकास्पद वस्तु फेला  

खरीबोट

जाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका स्थित ठाँटीबजारमा हतियार सहित गस्ती गदै नेपाली सेना । तस्वीर : हेमन्त केसी ,जाजरकोट, रासस

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ । 

सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको विरोधमा विप्लव समूहले एक दिने बन्दको आह्वान गरेको हो । बन्दको कारण उपत्यकाकालगायत देशका विभिन्न जिल्लामा रहेका सरकारी तथा निजटी शैक्षिक संस्थामा पठनपाठन बन्द भएको  छ । सार्वजनिक यातायातमा आंशिक प्रभाव परेको छ ।

सडकमा निजी सावारी साधनहरु प्रशस्त गुडेका भएपनि सार्वजनिक यातायात कम चल्दा यात्रुलाई समस्या भएको छ । सरकारले नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ ।

बन्दका क्रममा बुधबार रातिदेखि नै विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला पर्ने क्रम जारी छ । बुधबार साझ काठमाडौँको सिंहदरबार नजिकै अनामनगरमा कुकुर बम फेला परेको थियो । बिहीबार बिहान देशका विभिन्न भागमा बम राखिएको भेटिएको छ ।

प्राप्त विवरण अनुसार हेटौडाको पूर्ब-पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा सेतो प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेको छ । 

त्यस्तै बुटवलस्थित कालिकाचोकमा शंकास्पद वस्तु भेटिएको छ भने नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा पनि शंकास्पद वस्तु भेटिएको थियो ।

दाङ, प्यूठान, रुकुम, कैलालीका विभिन्न ठाउमा शंकास्पद बस्तु भेटिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । 

त्यस्तै नवलपरासीमा दुई ट्रकमा आगजनी भएको छ । जिल्ला प्रहरी नवलपरासीको अनुसार काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको ट्रकमा आगजनी भएको हो ।

त्यस्तै मकवानपुरको थाहा नगरपालिका–४ नयाँगाउँमा एक ट्रकमा आगजनी गरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बरको ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

कपिलवस्तुबाट विप्लव समुहका चार नेता पक्राउ

जितपुर । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक

काभ्रे गोली प्रकरण : विप्लव समुहका ४ जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान पछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल

विप्लवका गतिविधिमाथि सरकारको उच्च निगरानी

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही


z