• २०८१ बैशाख १३ बिहीबार

विप्लव समूहको बन्द : बर्दियाको जनजीवन प्रभावित

kharibot

बर्दिया, गुलरिया । नेपाल कम्युनिस्ट पार्टी माओवादि विप्लव समूहले आव्हान गरेको नेपाल बन्दका कारण पश्चिम नेपाल संगै बर्दियाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दले जिल्ला भित्र रहेका कलकारखानाहरु र सम्पुर्ण शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द रहेका छन । 

बन्दका कारण आज बिहानै देखि बर्दिया भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका सवारीसाधन सञ्चालनमा आउन नसकेको कृष्णसार यातायात बस व्यावसायी संघ बर्दियाका अध्यक्ष एंव नेपाल यातायात बस व्यावसायी संघका केन्द्रिय सचिव शम्भुप्रसाद रिजालले बताए । 

बन्दका कारण बर्दियाको सदरमुकाम गुलरिया साथै मैनापोखर बजार, भुरीगाँउ बजार, बाँसगढि बजार, सानाश्री बजार, राजापुर बजारको पसलहरु बन्द रहेका छन भने स्थानीयहरु आउजाउ गर्न फाटफुट रुपमा मोटरसाइकलहरु च्ले पनि अन्य सवारीसाधन नचल्दा जनजीवन बढी मात्रामा प्रभावित भएको छ । 

आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको सरकारले गरेको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही बिहीबार आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । 

बन्दलाई मध्यनजर गर्दै उच्चसतर्कता अपनाउदै जिल्ला भरि नै सुरक्षा व्यावस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै