• २०८१ बैशाख ७ शुक्रबार

सन्जिब पराजुलीको "आँखामा" बोलको गीत सार्वजनिक

kharibot

काठमाडौँ । निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा टेवा पुर्याउदै आएका चर्चित गायक सन्जिब पराजुलीको "आँखामा" बोलको गीत सार्वजनिक भएको छ । रचनाकार होमनाथ न्यौपानेका उत्क्रीष्ट शब्दहरुमा संगीतकार सचिन सिंहको मधुर संगीतले सजिएको यस गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । 

प्रस्तुत गीतलाई लाइमलाइट नेपालका डाइरेक्टर टेकेन्द्र शाहले निर्देशन गर्नु भएको छ । गीतलाई जिवन्त रुप दिई क्यामरामा राम कुमार केसीले कैद गर्नु भएको छ भने टेकेन्द्र शाह  आफैले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु रेम्बो अधिकारी र माला लिम्बुले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सन्तोष राजबाहकले कोरिओग्राफ गरेका छन् ।

सुमधुर स्वरका धनि गायक सन्जिबको केहि समय अघि सार्वजनिक गीत 'कर्के नजर' अहिले चर्चाको शिखरमा छ । उनका अन्य गीतहरु 'नाई मलाई थाहा छैन', तिमी मलाई मन पर्छ', 'हिट हिट गीत', 'पहिलो भेटैमा' लगायतका थुप्रै गीतहरुले श्रोता - दर्शकको मन जित्न सफल भैसकेका छन् । गायन विधामा छुट्टै पहिचान बनाएका गायकको यस गीतले पनि श्रोता-दर्शकका मन उत्तिकै जित्न सफल रहोस्, शुभकामना ।

भिडियो हेर्नुहोस् :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै