ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु

खरीबोट

ब्राजिल । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ ।

स्थानीय समय अनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो ।

प्रारम्भिक विवरणका अनुसार शुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो । मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनामा परी घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरु विद्यालयमा पुगेका थिए । उनीहरुमध्ये एक जनाले भने, “यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो ।”

साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरुलाई र उनीहरुका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताए ।

सम्बन्धित समाचार

ब्राजिलको एक बारमा बन्दुकधारी समूहको गोलीप्रहारबाट ११ जनाको मृत्यु

ब्राजिल । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन्

​​​​​​​ब्राजिलको कोपा खेल्ने टिममा मार्सेलो र भिनिसियस परेनन्  

काठमाडौँ । ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि आफ्नो खेलाडीओ घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको टिममा रियल म्याड्रिडबाट खेल्ने युवा खेलाडी भिनिसियस जुनियरलाई बाहिर राखिएको छ । त्यस्तै रियल म्याड्रिडबाटै

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

ब्राजिल । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन् । टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति

चेक रिपब्लिकविरुद्ध ब्राजिल विजयी, जिससले गरे दुई गोल 

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकलाई पराजित गरेको छ । गयराती भएको खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा ग्राबियल जिससले २ गोल गरेभने


z