टम हयांक्सको फिल्मको रिमेकमा आमिर खान, नाम ‘लालसिंह चढ्ढा’ 

खरीबोट

मुम्बई । बलिवुड अभिनेता आमिर खानले आफ्नो ५४औ जन्मदिनको अवसरमा आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । आमिरले लोकप्रिय हलिउड चलचित्र ‘फरेस्ट गम्प’को बलिउड रिमेक बनाउने घोषणा गरेका हुन् ।

रिमेकको नाम ‘लालसिंह चढा’ हुने आमिरले जानकारी दिएका छन् । फिल्ममा आमिर खानले सरदारको भूमिका निभाउने भएको बतायका छन् । ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक बनाउन हलिउडको प्यारामाउन्ट पिक्चर्ससँग भायाकम र आमिर खान प्रोडक्सनले किनेको बताइएको छ । 

यस फिल्मको निर्देशन अद्वैत चन्दनले गर्ने निश्चित भएको छ ।

यो फिल्म अर्को बर्ष रिलिज हुने बताउदै आफुले यस फिल्मका लागि कम्तिमा २० किलो वजन घटाउने बताएका छन् । यसका लागि आफुले काम सुरु गरिसकेको भन्दै फिल्मको सुटिंग आगामी सेप्टेम्बरदेखि हुने उनले जानकारी दिएका छन् ।

बलिउडमा सुपरहिट फिल्म दिनसक्ने अभिनेताको छवि बनाएका आमिर खानको २०१८ को अन्त्यतिर रिलिज भएको पछिल्लो चलचित्र 'ठग्स् अफ हिन्दोस्तान' बक्स अफिसमा फ्लप भएको थियो । आफ्नो आगामी चलचित्र भने सफल बनाउनका लागि आमिरले हलिउडमा सफल बनेको चलचित्र रोजेको बुझ्न सक्निन्छ ।

सन् १९९४ मा रिलिज भएको टम हयांक्स अभिनित हलिउड चलचित्र ‘फरेस्ट गम्प’ले एकेडेमी अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता लगायतका ६ विधामा ओस्कार जित्न सफल भएको थियो । 

दर्शक र समीक्षक दुवैद्वारा अत्यन्त मन पराइएको उक्त चलचित्रले बक्स अफिसमा ६७ करोड डलर भन्दा बढी कमाइ गरेको थियो ।  रोबट जेमेकिसले निर्देशन गरेको चलचित्रमा टम ह्यांक्सका अलावा रोबिन राइट, ग्यारी सिन्से, माइकल टी विलियमसन लगायतका कलाकारले अभिनय गरेका थिए ।  उक्त चलचित्र अमेरिकी लेखक विन्स्टन ग्रुमको उपन्यास ‘फरेस्ट गम्पमा’ आधारित रहेर बनाइएको थियो ।

सम्बन्धित समाचार

बाहुबली फेम प्रभासको फिल्म साहोको रिलिज डेट घोषणा 

मुम्बई । बाहुबली फेम प्रभासको नयाँ फिल्म साहोमा आगामी अगष्ट १५ मा रिलिज हुने भएको छ । साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन्

ऐश्वर्याको 'मेमे' शेयर गर्दा विवेक ओबराय विवादमा !

मुम्बई । बलिवुड अभिनेता विवेक ओबराय फेरी विवादमा परेका छन् । विवेक ओबरायले सामाजिक संजालमा पोष्ट गरेको ऐश्वर्या राय बच्चनसम्बन्धि 'मेमे' का कारण विवादमा परेका हुन् । 'मेमे' मा भारतको लोकसभा

बलिवुड गायिका नेहा कक्कड काठमाडौँ आउदै 

काठमाडौं । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने

माइकल ज्याक्सनको बायोपिकमा काम गर्न चाहन्छु – टाइगर सराफ

मुम्बई । बलिवुड अभिनेता टाइगर सराफले पप स्टार माइकल ज्याक्सनको जीवनीमा अभिनय गर्ने इच्छा रहेको बताएका छन् । हालै रिलिज भएको फिल्म स्टुडेन्ट अफ द इयर-२ बक्स अफिसमा त्यति सफल नभए


z