• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप खेल्ने दिल्ली क्यापिटलको एडभाईजर बने सौरभ गांगुली 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वकप्तान सौरभ गांगुली इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटलको एड्भाइजरमा नियुक्त भएका छन् । 

दिल्ली क्यापिटलले गांगुली क्लबको एड्भाइजरमा नियुक्त भएको जानकारी दिएको छ । गांगुलीले अब टिमका मुख्य प्रशिक्षक अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङसँग मिलेर काम गर्ने भएका छन् ।

यसअघि दिल्ली डेयरडेभिल्सका नामले आइपिएल खेलिरहेको दिल्लीले यस सिजनदेखि दिल्ली क्यापिटल नाम राखेको छ ।

आगामी २३ मार्चदेखि सुरु हुने आइपिएलमा दिल्ली मार्च २४ मा मुम्बई इण्डियन्सविरुद्ध मुम्बईमा खेल्दै छ । दिल्लीले दोस्रो खेल भने २६ मार्चमा चेन्नई सुपरकिंग्सविरुद्ध घरेलु मैदान कोटलामा खेल्ने छ ।

दिल्लीबाट नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आफ्नो दोस्रो सिजन खेल्दै छन् । हालै पाकिस्तानी सुपर लिग खेलेर काठमाडौँ फर्किएका सन्दीप केहि दिन मै त्यसतर्फ जादै छन् ।

सन्दीपले पहिलो सिजनमा केबल ३ खेल खेल्दै कुल ५ विकेट लिएका थिए । सन्दीपले मुम्बई इण्डियन्सविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै चेन्नईविरुद्ध एक विकेट लिएका थिए भने रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध पनि एक विकेट लिएका थिए ।

सन्दीपले खेलेका कुल ३ खेलमा दिल्लीले २ खेलमा जित हासिल गरेको थियो । गत सिजनमा दिल्लीले १४ खेलमा केबल ५ खेलमा जित हासिल गरेको थियो भने ९ खेलमा हार बेहोर्दै अंक तालिकामा पुछारमा रहदै समुह चरणबाट बाहिरिएको थियो । दिल्लीले अहिलेसम्म आइपिएल जित सकेको छैन । दिल्लीको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन सन् २०१२ मा तेस्रो स्थानसम्म आएको थियो ।

अहिलेसम्म आइपिएलको ११ सिजन सकिदा दिल्लीसहित रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलेभेन पंजावले आइपिएलको उपाधि जितेका छैनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै