• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानको युद्ध अन्त्य गर्न अमेरिकी सांसदहरुको दवाव

kharibot

अमेरिका । अमेरिकी संसदहरुले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दवाव दिएका छन् ।

अमेरिकाको आधुनिक इतिहासमा सबैभन्दा लामो अवधिसम्म चलेको मनिने अफगानिस्तान युद्ध झण्डै १८ वर्षदेखि जारी छ ।

“अफगानिस्तानमा भइरहेको युद्ध चाँडै नै अन्त्य गरिनु पर्दछ । लडाइँ शुरु हुँदाताका जन्मिएका अमेरिकी बालबच्चा अहिले त्यही लडाइँमा होमिन योग्य हुन थालिसके,” एक जना रिपब्लिकन सांसद रान्ड पल र डेमोक्र्याटिक सांसद टोम उडालले अमेरिकी सञ्चार माध्यम दी एट्लान्टिकमा लेखेका छन् ।

उनीहरुले लेखेका छन्, “हामीले अमेरिकी जनताको आवाजलाई ध्यानपूर्वक सुन्नु पर्दछ । अमेरिकी जनता मध्यपूर्वमा जारी कहिल्यै नटुङ्गिने युद्धको पूरै विपक्षमा छन् ।”

उनीहरुले भनेका छन्, अमेरिकी सेनाको निरन्तरको उपस्थितिले पनि अफगानी जनता र त्यहाँको केन्द्रीय सरकारलाई कुनै पनि हालतमा सक्षम तुल्याउन सक्दैन । दुबै सांसदले गत साता एक वर्षभित्र अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता गर्नेगरी अमेरिकी रक्षा मन्त्रालय समक्ष एउटा योजना तयार गर्न आग्रह गरेका थिए ।

मङ्गलबार कतारको राजधानी दोहामा जारी अमेरिका र अफगानिस्तनमा युद्धरत तालिबान पक्षबीचको वार्ता सकिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त वार्तामा “अर्थपूर्ण प्रगति” भएको जनाएको छ ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गरेयता झण्डै दुई हजार ४०० अमेरिकी सेना मारिएका छन् ।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघको मिसनको कार्यालयले पनि गत बर्ष सन् २०१८ मा दश हजार ९९३ जना मारिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै