प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

खरीबोट

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार गरिने बताए  

उनले अब काठमाडौँमा मात्रै नभएर प्रदेशस्तरमा पनि मिर्गाैला रोगीको लागि प्रभावकारी उपचार केन्द्र सञ्चालन गर्न डा ऋषिकुमार काफ्लेलाई अनुरोध गरे ।

“हामीले प्रदेशभित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन विशेषज्ञको रुपमा विकास गर्ने भन्ने योजना बनाएका छौँ’ उनले भने, “केन्द्रले त्यहीअनुसार अधिकार दिए हामी अस्पतालको स्तरवृद्धि गर्न तयार छौँ ।”,

त्यस्तै मुख्यमन्त्री पोखरेलले आँखाको उपचारका लागि आधारभूत तहको विशेषज्ञ सेवा प्रदेशभित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताए ।

सम्बन्धित समाचार

प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य

प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताएका छन् ।  प्रथम प्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उनले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने

एक बर्षमा आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमी : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस

शहीदको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएका छन् । जनयुद्धको २४औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद


z