नक्कल, षड्यन्त्र तथा नाटक गरेर विप्लव समूह परीक्षामा पास हुँदैन : अध्यक्ष प्रचण्ड

खरीबोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् ।

वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले भने, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिए ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिँदैन भने ।

अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भन्नुभयो, “निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।” उहाँले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए ।

तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रुपमा केही दिनमा नै हुनेसमेत जानकारी गराए ।

सम्बन्धित समाचार

जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दिएको प्रमाणित गर्नुपर्यो : अध्यक्ष प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज

लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज

माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताएका छन् ।  अध्यक्ष प्रचण्डले भने, “संविधान जनताको माग तथा आवश्यकताअनुसार

पार्टी एकताको बाँकी काम छिट्टै टुङ्ग्याउँछौं : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन् । चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो


z