• २०८१ बैशाख ८ शनिबार

मोर्गन फ्रिम्यानले चलचित्र 'द हिटम्यान्स वाइफ्स बडीगार्ड’ मा अभिनय गर्ने

kharibot

मोर्गन फ्रिम्यान २०१७ मा रिलिज भएको हलिउड चलचित्र ‘द हिटम्यान्स बडीगार्ड’ को सिक्वेल ‘द हिटम्यान्स वाइफ्स बडीगार्ड’ मा देखिने भएका छन् ।

हलिउड म्यागेजिन डेडलाइनले जनाएअनुसार चलचित्रको पहिलो भागमा भएका कलाकारबाहेक मोर्गनसँगै फ्र्यांक ग्रिलो र एन्टोनियो ब्यान्डेरस पनि समावेश गरिएका छन् ।

चलचित्रमा मोर्गन फ्रिम्यानले खेल्ने पात्रबारे भने केही खुलाइएको छैन । त्यसैगरी सिक्वेलको पहिलो भागमा देखिएका रायन रेनल्ड्स, स्यामुल एल ज्याक्सन, रिचार्ड इ ग्रान्ट र सालमा हायक फेरी दोहोरिने छन् ।

सिक्वेललाई पहिलो भाग बनाएकै टेड हग्सले निर्देशन गर्नेछन् भने चलचित्रको पटकथा टम ओ’कनरले लेखेका छन् ।

चलचित्रको छायांकन यही महिनादेखि युरोपमा सुरु भइसकेको छ भने      चलचित्रको रिलिज मितिबारे अहिले केही खुलाइएको छैन ।

२०१७ अगस्टमा रिलिज भएको ‘द हिटम्यान्स बडीगार्ड’ बक्स अफिसमा सफल रहँदै विश्वव्यापी रुपमा १८ करोड डलर भन्दा बढी कमाइ गर्न सफल भएको थियो ।

मोर्गन फ्रिम्यान यसअघि २०१८ मा डिज्नीको ‘द नटक्र्याकर एण्ड फोर रिल्म्स’ चलचित्रमा देखा परेका थिए ।

यसै वर्ष उनी 'लन्डन ह्याज फलन' फिल्म शृंखलाको तेस्रो चलचित्र ‘एन्जल ह्याज फलन’ मा पनि देखा पर्दैछन्, जुन अगस्ट २३ मा रिलिज हुने तयारीमा रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै