• २०८१ बैशाख ६ बिहीबार

नेप्सेमा पाँच दसमलव चार अंकले सुधार 

kharibot

काठमाडौ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्सेका सुधार आएको छ । आज नेप्से पाँच दसमलव चार अंकले बढेर ११ सय ५५ दसमलव ५० बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३६ अंकले बढेर दुई सय ४६ दसमलव १० बिन्दुमा चढेको छ । 

एक सय ७१ कम्पनीहरुको चार हजार दुई सय ३८ वटा कारोवारमा १३ लाख ३९ हजार नौ सय ७२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४८ करोड ५८ लाख ७७ हजार नौ सय ३१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक शुन्य दसमलव २३ अंकले घटेपनि बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ५९ अंकले बढेर नौ सय ९७ दसमलव ९६ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २२ दसमलव ५४ अंकले बढेर १४ सय ६७ दसमलव ५२ बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि २२ दसमलव आठ अंकले बढेर पाँच हजार पाँच सय तीन दसमलव ४९ बिन्दुमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि पाँच दसमलव ३७ अंकले बढेर पाँच हजार नौ सय ५९ दसमलव ६७ बिन्दुमा चढेको छ । जलबिद्युत, फाईनान्स, होटल, अन्य र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन् ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको तिनाउ बिकास बैंकको प्रतिकित्ता सेयर  मुल्य नौ रुपैयाँ ८८ पैसाले बढेर एक सय ७८ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको पहिलो स्थानमा परेको रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ १२ पैसाले घटेर ९२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता एक हजार ७० रुपैयाँ अन्तिम मुलयमा दुई करोड १० लाख तीन सय ४० रुपैयाँको कारोवार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै