परीक्षा केन्द्रमै सेनेटरी प्याड

खरीबोट

दमौली । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ । 

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँका परीक्षा केन्द्रबाटै सेनेटरी प्याड वितरण गर्न लागेको हो । 

उक्त मन्त्रालयका प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले महीनावारीलाई सहजरुपले लिइ परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताए । उनले भने, “परीक्षा सञ्चालन भइरहेको समयमा महीनावारी भैइहाले आफूलाई सहज रुपमा लिनसकिन्छ भन्ने आत्मविश्वास उनीहरूमा बढ्ने भएकाले परीक्षा दिने वातावरण बनाउन परीक्षा केन्द्रबाटै सेनेटरी प्याडको व्यवस्था गर्न लागेका हौँ ।” 

चैत १० गतेदेखि शुरु हुने एसइई परीक्षामा तनहुँमा ६ हजार ३५७ विद्यार्थी मध्ये २४ परीक्षा केन्द्रमा तीन हजारभन्दा बढी छात्रा सहभागी हुँदैछन् । उक्त मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उक्त चेक समन्वय एकाइका निमित्त प्रमुख डिल्लीरमण भट्टराईलाई प्रदान गरेका थिए । 

निमित्त प्रमुख भटृराईले केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणको समयमा यस विषयमा जानकारी गराई सहज रुपमा प्याड वितरणको व्यवस्था मिलाइने जानकारी दिए । उक्त मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै रु पाँच लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयले जनाएको छ ।  
 

सम्बन्धित समाचार

परीक्षा केन्द्रमै सेनेटरी प्याड

दमौली । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ ।  सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास

विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

कञ्चनपुर । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता

विद्यालयमा आफै सेनेटरी प्याड बनाउदै छात्राहरु

उर्लाबारी, मोरङ ।  मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफँैले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आउनुभएको छ ।  लिम्बू मात्र

प्याडम्यानको प्रमोसनमा सोनम, स्कुले छात्रालाई बाँडिन् सेनेटरी प्याड 

बलिउड । नायक अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाले निर्माण गरेको फिल्म प्याडम्यानको रिलिज मिति नजिकिँदै जाँदा त्यसको प्रमोसनमा कलाकार जुटेका छन् । सोही क्रममा अभिनेत्री सोनम कपुरले एक विद्यालयका छात्राहरुलाई


z