शेयर बजारमा पाँच लाखमाथिको कारोवार प्यानबाट  

खरीबोट

काठमाडौँ । शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर(प्यान)को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । 

आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई बोर्डले अनिवार्य प्यान लागू गर्ने भएको छ । 

लगानीकर्ता तथा सरोकार भएका निकायसँग गरिएको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा रु पाँच लाखभन्दा कम लगानी भएका वा साना लगानीकर्तालाई हाल ऐच्छिक रुपमा मात्रै प्यान लगाउने निर्णय बोर्डले गरेको छ । 

अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार ठूला लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गरिएको र साना लगानीकर्तालाई ऐच्छिक रुपमा मात्रै लगाइने व्यवस्था गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिए । 

बोर्डले गरेको यस्तो व्यवस्थाले दोस्रो बजारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहजरुपमा अगाडि बढ्ने अपेक्षा राखेको छ । लगानीकर्ताले प्यान नम्बर अनिवार्य गरिन लागेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।  
 

सम्बन्धित समाचार

सात महिनामा २९ अर्ब १३ करोड रुपैयाँको सेयर सुचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा २९ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर सुचीकृत भएकाछन । स्टकका अनुसार यस अवधिमा १५ अर्ब नौ करोड रुपैयाँ

नेप्से झण्डै सात अंकले घट्यो, होटल बाहेक समुहको सुचक रातै

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से घटेको छ ।  नेप्से आज छ दसमलव ८३ अंकले घटेर ११ सय ४७ दसमलव १५ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक

नेप्सेमा सात दसमलव ४७ अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्सेमा गिरावट आएको छ ।  अघिल्लो दिन बढेको नेप्से आज सात दसमलव ४७ अंकले घटेर ११ सय ५३ दसमलव ९८ बिन्दुमा झर्दा सेन्सिटिभ

नेप्सेमा करेक्सन : पाँच दसमलव ९९ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से पाँच दसमलव ९९ अंकले बढेर ११ सय ६१ दसमलव ६५ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि एक


z