‘जानी नजानी’ शुक्रबार रिलिज हुदै, देशभर ७४ हलमा प्रदर्शन हुने 

खरीबोट

काठमाडौँ । कर्पोरेट प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबार १ चैतबाट मुलुकका ७४ ओटा सिनेमा हलमा रिलिज हुने भएको छ । 

बितकर मनोज राठीका अनुसार मोफसलका ५२ ओटा र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज हुँदैछ ।

‘मोफसलमा जानी नजानीले राम्रो हलहरु पाएको छ । तर काठमाडौंका वितकरले राम्रो हल मिलाई दिएनन् ।’ प्रस्तुतकर्ता रोशनीले भनिन्,‘फिल्म राम्रो बनेको छ । अहिलेम्म हेरेका दर्शकले जानी नजानी मन पराउनु भएको छ र नेपाली फिल्ममा स्थापित प्रेम शैली भन्दा हामीले केही फरक दिएका छौं ।’ यस अघि कलात्मक चलचित्र डाक्टर खाते निर्माण गरेकी रोशनीले यसपटक बिशुद्ध प्रेमकथामा आधारित व्यबसायिक चलचित्र निर्माण गरेको बताईन् । 

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको र फिल्म क्षेत्रमा काम गरेको करिब दुई दशक लामो अनुभव यसमा उतारेको पनि निर्देशक अधिकारीले बताए ।

चलचित्र जानी नजानीमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीसहितका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको गीत र ट्रेलर दर्शकले मन पराएका छन् ।  रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन् । 

सामिप्यराज तिमिल्सिनाले लेखेको यो फिल्मलाई संजय लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको जानी नजानीमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

अभिनेता मनिष श्रेष्ठले बिगतका सिनेमा भन्दा आफुले जानी नजानीमा फरक र राम्रो काम गरेको बताएका छन् । भारतीय टेली चलचित्र चन्द्र नन्दिनीकी नायिका निरिषाको यो डेब्यु फिल्म हो । भारतमा काम गरिरहेकी निरिषाले जानी नजानीको भूमिका निकै ससक्त र टिम राम्रो भएकाले आफुले यसमा काम गरेको बताएकी छिन् । 
 

सम्बन्धित समाचार

‘रातो टीका निधारमा’ फिल्ममा सम्राज्ञीको अपोजिटमा अंकित

काठमाडौँ । निर्माता निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टीका निधारमा’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । यस फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । कार्यक्रममा

प्रियंका आयुष्मानको फिल्म प्रेम दिवसको ट्रेलर सार्वजनिक   

काठमाडौँ । प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा प्रियंका र आयुष्मानको प्रेममा आउने उतार चढावलाई देखाउन खोजिएको

फ्राइडे रिलिज : 'बीर विक्रम २' र 'जात्रै जात्रा' को भिडन्त 

काठमाडौँ । आजबाट देशैभर एकसाथ यस वर्षका निकै आश गरिएका दुई फिल्म 'बीर विक्रम २' र 'जात्रै जात्रा'  प्रदर्शनमा आएका छन् ।  यी दुई फिल्मको भिडन्तले पनि केही समययता फिल्म क्षेत्र

फिल्म 'सरौतो’ असोज ३ गते रिलिज गर्ने घोषणा 

काठमाडौँ । रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको फिल्म 'सरौतो’ आउँदो असोज ३ गते रिलिज हुने भएको छ ।  फिल्मलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले


z