महेन्द्र राजमार्गमा प्रेसरकुकर बम, यातायात ठप्प

खरीबोट

बर्दिया, बाँसगढि । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको आज नेपाल बन्दमा महेन्द्र राजमार्गको बिच सडकमा शंकास्पद प्रेसर कुकर बम फेला परेको हो । 

बर्दियाको बाँसगढी नगरपालिका बडा नं ३ स्थित डुडुवा खोला नजिक राजमार्गको बिच बाटोमा ३.३० बजेको समयमा शंकास्पद प्रेसर कुकर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीयले खवर गर्ने साथ प्रहरीको टोली शंकास्पद प्रेसर कुकर रहेको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए । 

शंकास्पद बस्तु बम भएको हुन सक्ने उपरीक्षक मैनालीले भने । प्रेसर कुकर विप्लव समुहले राखेको हुन सक्ने समेत मैनालीले बताए। 

शंकास्पद प्रेसर कुकर राजमार्गको बिच सडक मै भए पछि पैदल आउजाउ पनि समस्या भएको छ । न्युन रुपमा सवारी सुचारु भए पनि राजमार्गमा संकास्पद प्रेसर कुकर भेटिएपछि यातायात ठप्प भएको छ ।

शंकास्पद प्रेसर कुकर बम भएको हुन सक्ने देखिएकोले नेपाली सेनालाई खवर गरिएको र केहि समयमा नेपालगंजबाट नेपाली सेनाको टोलिले संकास्पद बस्तु डिस्पोज गर्ने समेत प्रमुख मैनालीले बताए । 

सम्बन्धित समाचार

बर्दियामा बाघको संख्या बढेपछि पर्यटकको घुइँचो

बर्दिया । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’

बर्दियामा यस वर्षकै बढी गर्मी,जनजीवन प्रभावित

राजापुर । बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् ।  वैशाखको

रकम फ्रिज गराउन खोजेको भन्दै बडा कार्यालयमा तालाबन्दी

बर्दिया, बढैयाताल ।  बाटो बनाउनका लागि आएको रकम फ्रिज गर्न खोजिएको भन्दै स्थानीयले बढैयाताल गाँउपालिका बडा नं ६ को बडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन । पटक पटक बडा अध्यक्ष र

बर्दियामा मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया


z