• २०८१ बैशाख ७ शुक्रबार

महेन्द्र राजमार्गमा प्रेसरकुकर बम, यातायात ठप्प

kharibot

बर्दिया, बाँसगढि । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको आज नेपाल बन्दमा महेन्द्र राजमार्गको बिच सडकमा शंकास्पद प्रेसर कुकर बम फेला परेको हो । 

बर्दियाको बाँसगढी नगरपालिका बडा नं ३ स्थित डुडुवा खोला नजिक राजमार्गको बिच बाटोमा ३.३० बजेको समयमा शंकास्पद प्रेसर कुकर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीयले खवर गर्ने साथ प्रहरीको टोली शंकास्पद प्रेसर कुकर रहेको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए । 

शंकास्पद बस्तु बम भएको हुन सक्ने उपरीक्षक मैनालीले भने । प्रेसर कुकर विप्लव समुहले राखेको हुन सक्ने समेत मैनालीले बताए। 

शंकास्पद प्रेसर कुकर राजमार्गको बिच सडक मै भए पछि पैदल आउजाउ पनि समस्या भएको छ । न्युन रुपमा सवारी सुचारु भए पनि राजमार्गमा संकास्पद प्रेसर कुकर भेटिएपछि यातायात ठप्प भएको छ ।

शंकास्पद प्रेसर कुकर बम भएको हुन सक्ने देखिएकोले नेपाली सेनालाई खवर गरिएको र केहि समयमा नेपालगंजबाट नेपाली सेनाको टोलिले संकास्पद बस्तु डिस्पोज गर्ने समेत प्रमुख मैनालीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै