काठमाडौँ । सरकारले दुई राजदुतलाई मन्त्री सरहको मर्यादा दिएको छ ।
मन्त्रिपरिषदको बैठकले भारतकालागि नेपालका आवासिय राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासिय राजदूत डा. अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरेको हो ।
सरकारको यो निर्णयपछि दुवै राजदूतले मन्त्रीसरह सुविधा पाउने छन् ।