बार्सिलोनाका डेम्बेले घाइते, एक महिनाका लागि मैदान बाहिर 

खरीबोट

काठमाडौँ । बार्सिलोनाका फ्रेन्च फरवार्ड उसमान डेम्बेले एक महिनाका लागि टिम बाट बाहिर भएका छन् ।

बार्सिलोनाले डेम्बेले हाम्सट्रीङ इन्जुरीका कारण एक महिना फुटबलबाट टाढा रहने जानकारी दिएको छ ।

गएराती लियोनलाई ५-१ गोल अन्तरले हराउदा डेम्बेलेले एक गोल गरेका थिए । सबस्टिच्युटको रुपमा खेलको ७०औ मिनेटमा डेम्बेलेको ठाउमा मैदानमा आएका डेम्बेलेले खेलको ८६औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए । डेम्बेलेको च्याम्पियन्स लिगमा यो तेस्रो गोल हो ।

२१ बर्षिय डेम्बेलेले बार्सिलोनाका लागि अहिलेसम्म ३५ खेल खेलेका छन् ।

यस इन्जुरीले डेम्बेलेलाई क्लब बाहेक राष्ट्रिय टिम फ्रान्सको युरो छनौटका दुई खेल पनि गुमाउने छन् । डेम्बेलेले मोल्ड़ोभा र आइसल्याण्डसँगको खेल पनि गुमाउने भएका छन् । त्यस्तै उनले बार्सिलोनाका रियल बेटिस, इस्पोनियल, भिल्लारियल र एथलेटिको म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् । 
   
 

सम्बन्धित समाचार

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, ला लिगामा १० अंकको अग्रता 

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले बार्सिलोनाले रियल बेटिसविरुद्द सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको

रियलको सेल्टामाथि सहज जित : जिदानको विजयी सुरुवात

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले सेल्टा डी भिगोविरुद्ध सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा रियलले सेल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा इस्को र

रियलको निशानामा नेइमार र एम्बाप्पे !

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड अहिले यस सिजनमा पाएको असफलताबाट चर्चामा रहेको छ । विश्वकी उत्कृष्ट क्लब रियलले जिनेदिन जिदानलाई क्लबमा फेरी ल्याएर अर्को सिजनको तयारी सुरु गरेको छ

जिनेदिन जिदान फेरी रियल म्याड्रिडको प्रशिक्षक 

काठमाडौँ । रियल म्याड्रिडले जिनेदिने जिदानलाई फेरी प्रशिक्षकमा नियुक्त गरेको छ । रियल म्याड्रिडले जिदानलाई यसै सिजनको सुरुमा क्लब छोडेका जिदानलाई २०२२ जुन सम्मका लागि पुन: प्रशिक्षकमा नियुक्त गरेको हो । रियल


z