• २०८१ बैशाख ४ मंगलबार

बार्सिलोनाका डेम्बेले घाइते, एक महिनाका लागि मैदान बाहिर 

kharibot

काठमाडौँ । बार्सिलोनाका फ्रेन्च फरवार्ड उसमान डेम्बेले एक महिनाका लागि टिम बाट बाहिर भएका छन् ।

बार्सिलोनाले डेम्बेले हाम्सट्रीङ इन्जुरीका कारण एक महिना फुटबलबाट टाढा रहने जानकारी दिएको छ ।

गएराती लियोनलाई ५-१ गोल अन्तरले हराउदा डेम्बेलेले एक गोल गरेका थिए । सबस्टिच्युटको रुपमा खेलको ७०औ मिनेटमा डेम्बेलेको ठाउमा मैदानमा आएका डेम्बेलेले खेलको ८६औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए । डेम्बेलेको च्याम्पियन्स लिगमा यो तेस्रो गोल हो ।

२१ बर्षिय डेम्बेलेले बार्सिलोनाका लागि अहिलेसम्म ३५ खेल खेलेका छन् ।

यस इन्जुरीले डेम्बेलेलाई क्लब बाहेक राष्ट्रिय टिम फ्रान्सको युरो छनौटका दुई खेल पनि गुमाउने छन् । डेम्बेलेले मोल्ड़ोभा र आइसल्याण्डसँगको खेल पनि गुमाउने भएका छन् । त्यस्तै उनले बार्सिलोनाका रियल बेटिस, इस्पोनियल, भिल्लारियल र एथलेटिको म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै