• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकले सिरहाको गोलबजारमा आफ्नो नयाँ शाखाको समुद्घाटन गरेको छ ।

बैंकको गोल बजार शाखाको गोल बजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले भव्य समारोहका बिच समुद्घाटन गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु  २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै